शुक्रबार, २६ मंसिर २०८२

जाँचबुझ आयोगको कार्यक्षेत्र थप गर्ने सरकारकाे निर्णय


काठमाडौँ। सरकारले भदौ २३ र २४ गतेको घटनाका सम्बन्धमा गठित जाँचबुझ आयोगको कार्यक्षेत्र थप गर्ने निर्णय गरेको छ।

जेनजी आन्दोलनका प्रतिनिधि र प्रधानमन्त्री सुशीला कार्कीबीच बुधबार भएको सम्झौता बमोजिम मन्त्रिपरिषद्को असोज ५ को निर्णयअनुसार गठित जाँचबुझ आयोगको कार्यक्षेत्र थप गर्ने निर्णय भएको सरकारका प्रवक्ता जगदीश खरेलले जानकारी दिए।

प्रवक्ता खरेलका अनुसार जेनजी र सरकारबीच भएकाे सम्झौता अनुमाेदन गर्ने र नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय भएकाे । 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ