आइतबार, १७ जेठ २०८३

भ्रष्टाचार नियन्त्रणका लागि सरकार लागिपरेको छ: सञ्चारमन्त्री


काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले शिक्षित नेपाल बनाउन र पठन संस्कृतिको विकास गर्न किताब जात्राको महत्वपूर्ण भूमिका रहेको बताएका छन्।

किताव जात्राको सातौँ संकरणको बिहीबार उद्घाटन गर्दै उनले शिक्षित नेपाल निर्माणका लागि शिक्षामा सबैको पहुँच अभिवृद्धि गरिनुपर्नेमा जोड दिए।

सञ्चारमन्त्री खरेलले सबै बालबालिकालाई गुगास्तरीय शिक्षाको सुनिश्चितताका लागि सबै सरोकारवाला गम्भीर हुनुपर्ने उल्लेख गरे।

उनले भने, ‘शिक्षाभन्दा संसारमा केही पनि छैन, शिक्षा नै अध्यारो हटाउने ज्योति हो। त्यसैले शिक्षाबाट बञ्चित आज पनि जति बालबालिकाहरु छन् सबैले कामना गरौँ, सबै बालबालिका विद्यालय गएर राम्रोसँग अध्ययन गर्न पाउछन्। सबैले चाहेअनुसारको शिक्षा हासिल गर्न सकुन्।’

मन्त्री खरेलले पुस्तक, सिर्जना र विचारको उत्सवले समाजलाई समृद्ध र संवेदनशील बनाने बताए। ‘अघिल्लो वर्ष किताब जात्रामा प्यानलमा बसेर विचार विमर्श गर्दा धेरै खुसी लागेको थियो। यस वर्ष पनि सम्झिएर बाेलादिनुभएकोमा किताब जात्रा टिमलाई धेरैधेरै धन्यबाद साथै शुभकामना व्यक्त गर्दछु’, उनले  भने।

सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री खरेलले सरकारले निर्धारित समयभित्रै निर्वाचन सम्पन्न गर्ने तथा जेनजी आन्दोलनको भावना अनुरुप सुशासन कायम र भ्रष्टाचार नियन्त्रणका लागि सरकार लागिपरेको उल्लेख गरे।

उनले भने, ‘हामी अहिले संवदेनशील समयमा सरकारमा सहभागी भएका छौँ। मुलुकलाई एउटा परिवर्तनको बाटोमा अगाडि बढाउनुपर्ने जिम्मेवारी र दायित्व हामी सबैको काँधमा छ, यसलाई पूरा गर्न सबै लागौँ।’

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ