शनिबार, ०८ कात्तिक २०८२

ओली, देउवा र लेखककाे पासपाेर्ट राेक्का गर्ने सरकारकाे तयारी


काठमाडौँ। सरकारले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूको पासपोर्ट रोक्का गर्ने तयारी गरेको छ।

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री तथा केपी शर्मा ओली,  पूर्वगृहमन्त्री रमेश लेखक, नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकाे पासपाेर्ट राेक्ने तयारी भएकाे छ। पूर्वऊर्जामन्त्री दीपक खड्काकाे पनि पासपाेर्ट राेक्का गर्ने तयारी सरकारले गरेकाे छ।

गत भदाै २३ गते जेनजी आन्दोलनमा दमन गर्न भूमिका खेलेका नेताहरूलाई आन्दोलनको मागअनुसार नै अनुसन्धान गर्नुपर्ने भएकाले राहदानी रोक्का गर्न लागिएको स्राेतकाे भनाई छ।

जेनजी आन्दोलनलाई दमन गर्नेहरुलाई कारबाही गर्नुपर्ने माग जेनजीहरुले राख्दै आएका छन्। २३ गते भएकाे प्रदर्शनमा प्रहरीकाे गाेली लागेर २३ जना निर्दाेषहरुकाे ज्यान गएकाे थियाे भने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले थप बल प्रयाेग गरेर स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीलाई दवाव दिएका थिए। स्थिति भयाबह भएपछि ओली सेनाकाे हेलिकप्टरमार्फत बालुवाटारबाट सैनिक ब्यारेक पुगेका थिए।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ