- असार ०६, २०८०
काठमाडौँ। सरकारले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनकाे घटनाका सम्बन्धमा छानबिन गर्न गठित जाँचबुझ आयोगको म्याद २० दिन थप गर्ने निर्णय गरेको छ।
बिहीबार सिंहदरबारमा बसेकाे मन्त्रिपरिषद् बैठकले आयोगको अवधि थप्ने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए।
गत असोज ५ गतेको मन्त्रिपरिषद् बैठकले पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा नेपाल प्रहरीका पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य रहेको तीन सदस्यीय आयोग गठन गरेको थियो।
सुरुमा आयोगलाई तीन महिनाको समय दिइए पनि प्रतिवेदन तयारीको काम पूरा नभएको भन्दै गृह मन्त्रालयको प्रस्तावमा दोस्रो पटक पुनः अवधि थप गरिएको हो। आयोगका लागि यसअघि थपिएको समय आजै सकिँदैछ।
टिप्पणीहरू: