- असार ०६, २०८०
काठमाडौँ। स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। सुन तोलामा रु दुई हजार २०० र चाँदी रु १८५ ले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु तीन लाख सात हजार ७०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु पाँच हजार १५० कायम भएको छ।
हिजो मङ्गलबार एक तोला छापावाल सुन रु तीन लाख नौ हजार ९०० र एक तोला चाँदी रु पाँच हजार ३३५ कारोबार भएको थियो।
गत सोमबार छापावाल सुनको मोल प्रतितोला रु तीन लाख नौ हजार ५०० कायम भएको थियो भने एक तोला चाँदीको मूल्य रु पाँच हजार २६५ निर्धारण भएको थियो।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार र त्यति नै परिमाणको चाँदी ८२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
टिप्पणीहरू: