- असार ०६, २०८०
काठमाडौं। नेकपा (एकीकृत समाजवादी) पार्टीका महासचिव घनश्याम भूसालले ओरालो लागेकाहरूको एकताले निकास नदिने बताएका छन्।
बुधबार काठमाडाैँमा पत्रकार सम्मेलन गर्दै महासचिव भुसालले नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीलगायतका पार्टीहरूबीच हुन लागेकाे एकताप्रति आपत्ति जनाउँदै यस्तो बताएका हुन्।
‘संकटहरू थुपारेर संकटमोचन गर्ने फर्मुला जुन तयार भएको छ, यो गलत छ। कमजोरहरू, ओरालो लाग्दै गरेकाहरूको एकताले उकालो लागिन्छ भन्ने जुन भाष्य बनाउन खोजिँदैन, जो आफैं ओरालो हिँड्दैछन्। त्यसले निकास दिँदैन’, भूसालले भने।
उनले नेताका स्वार्थका लागि पार्टीहरू विभाजित भएकाे बताए। ‘आज पार्टीहरू विभाजित छन्, किनभने नेताका स्वार्थका लागि विभाजित छन्’, महासचिव भुसालले भने, ‘नेताहरूले बनाएको बिर्ता भत्किन नदिन पार्टीहरू विभाजित नै बनाउन चाहन्छन्।’
टिप्पणीहरू: