बिहिबार, २१ जेठ २०८३
उत्तर कोरियाको रहस्य : किम जोङ उन किन आफ्नी आमाको बारेमा कहिल्यै कुरा गर्दैनन्

उत्तर कोरियाली नेता किम जोङ उनको वरिपरि रहेका रहस्यहरू मध्ये, उनकी आमाको वरिपरिको गोप्यता स्पष्ट देखिन्छ।



प्रधानमन्त्री कार्कीलाई फिर्ता बोलाउन माग गर्दै जेनजी समूहले बुझाए राष्ट्रपतिलाई ज्ञापनपत्र
बिहिबार, २१ जेठ २०८३

प्रधानमन्त्री कार्कीलाई फिर्ता बोलाउन माग गर्दै जेनजी समूहले बुझाए राष्ट्रपतिलाई ज्ञापनपत्र


फाइल तस्बिर

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीलाई फिर्ता बोलाउन माग गर्दै जेनजी समूहले राष्ट्रपति रामचन्द्र पौडेललाई ज्ञापनपत्र बुझाएका छन्।  

बिहीबार २३ जेनजी समूहले राष्ट्रपति पौडेललाई संयुक्त ज्ञापनपत्र बुझाउँदै प्रधानमन्त्री कार्की नेतृत्वको सरकारले जेनजी आन्दोलनको अपेक्षा पूरा गर्न नसकेको भन्दै फिर्ता बोलाउन माग गरेका हुन्।

उनीहरूले जेनजी विद्रोहको जगमा बनेको सरकारले केवल चुनाव मात्रै गराउने कुरा स्वीकार्य नहुने भन्दै कार्की नेतृत्वको सरकारलाई फिर्ता बाेलाएर नयाँ सरकार गठनमा मध्यस्थताकाे भूमिका निर्वाह गर्न आग्रह गरेका छन्।

‘जेनजी विद्रोहको जगमा बनेको सरकारले विद्रोहीका न्यूनतम अपेक्षा पूरा गर्नुको सट्टा सबै अपेक्षालाई बेवास्ता गर्दै केवल एक थान चुनाव मात्र गराउने गरी सरकार दिशाहीन अवस्थामा रहेको पाइयो। यो विद्वोर र शहादत केवल अर्ली इलेक्सनको लागि भएको थिएन । तसर्थ, हामी उक्त विद्रोहमा संलग्न जेनजीका २३ एलाइन्स, घाइते र शहीद परिवार यो सरकारले तत्काल विद्रोही पक्षका माग सम्बोधन गर्नु पर्दछ। अन्यथा यदि यो सरकारले विद्रोही पक्षका माग पूरा गर्न सक्तैन भने यो सरकारलाई फिर्ता बोलाई हाम्रो नेतृत्वमा नयाँ सरकार गठनको लागि मध्यस्थताको भूमिका निर्वाह गर्न सम्माननीयज्यू समक्ष निवेदन गर्दछौं’, ज्ञापनपत्रमा भनिएको छ।

उनीहरूले माग पूरा नभए सरकारको विरुद्धमा अर्को शान्तिपूर्ण आन्दोलन तथा दवाव कार्यक्रम गर्ने चेतावनी दिएका छन्। 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ