बिहिबार, २१ जेठ २०८३
उत्तर कोरियाको रहस्य : किम जोङ उन किन आफ्नी आमाको बारेमा कहिल्यै कुरा गर्दैनन्

उत्तर कोरियाली नेता किम जोङ उनको वरिपरि रहेका रहस्यहरू मध्ये, उनकी आमाको वरिपरिको गोप्यता स्पष्ट देखिन्छ।



नक्कली सुन दिएर ५ लाख ठगी गर्ने गिरोह पक्राउ
शुक्रबार, २२ जेठ २०८३

नक्कली सुन दिएर ५ लाख ठगी गर्ने गिरोह पक्राउ


सांकेतिक तस्बिर

काठमाडौँ। नेपाल प्रहरीले नक्कली सुन दिएर रु पाँच लाख ठगी गर्ने गिरोहलाई पक्राउ गरेको छ।

प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–५ थलीमा सुनजस्तो देखिने धातुको डल्लो दिएर रकम ठगी गर्ने गिरोहलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाका ४५ वर्षीय सुकुमान सिंह ब्लोन, मकवानपुरकै ४८ वर्षीय राजेन्द्र तामाङ, मकवानपुर बकैया गाउँपालिकाका ५३ वर्षीय वीरबहादुर तामाङ भन्ने विवासित स्याङ्ताङ र नवलपरासीको देवचुलीका ४२ वर्षीय जितबहादुर तामाङ रहेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले नक्कली सुनलाई सक्कली सुन भनी ठगी गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए।

प्रहरीले पक्राउ परेका चारै जनालाई ठगी कसुरमा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको छ। 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ