बिहिबार, २६ भदौ २०८२

विद्यार्थी संगठनका पूर्व अध्यक्षकाे माग : संविधानको आधारमा जेनजीको माग सम्बोधन गरियाेस्


काठमाडौँ । विभिन्न पार्टीनिकट विद्यार्थी सङ्गठनका १२ जना पूर्वअध्यक्षलगायतका विद्यार्थी नेताहरुले संविधानका आधारमा ‘जेनजी’ युवाको माग सम्बोधन गर्नुपर्ने धारणा राखेका छन् । 

उनीहरुले आज प्रेस विज्ञप्ति जारी गरी संसद्बाटै राजनीतिक निकास खोज्दै संसद्भित्रबाटै नयाँ सरकार गठन गरी निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड दिएका हुन् । नेपाल विद्यार्थी सङ्घका पूर्वअध्यक्ष नैनसिंह महर, अनेरास्ववियुका पूर्वअध्यक्ष नविना लामा र अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष रञ्जित तामाङलगायतले गणतन्त्र र संविधानको रक्षाका लागि दृढतापूर्वक उभिन पनि आह्वान गरेका छन् । 

विज्ञप्तिमा भनिएको छ, “देशलाई अग्रगामी दिशामा लैजान, आन्दोलनरत युवा, विद्यार्थीहरु तथा आम जनताका मागको सम्बोधन, जनचाहनाअनुरुप संविधान संशोधनलगायतका कार्यहरू बृहत् राजनीतिक संवाद र सहमतिमार्फत मात्रै हुन सक्ने विषय भएको ठहर गरेका छौँ ।”

देशभर व्यापक लुटपाट र आगजनीका घटना भइरहेको परिस्थितिमा जनताको निजी, व्यावसायिक प्रतिष्ठान र सार्वजनिक सम्पत्तिको रक्षा गर्न, अपराधको कैद सजाय भोगिरहेका व्यक्तिहरु जेलबाट भागेको र तिनीहरुले समाजमा थप अपराध गर्ने भएको हुनाले जेलबाट भागेका सम्पूर्ण कैदीहरूलाई खोजी गरी नियन्त्रणमा लिन जोड्दार माग पनि गरिएको छ । 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ