बिहिबार, २६ भदौ २०८२

संवैधानिक व्यवस्थाअनुसार मुलुकलाई निकास दिन पूर्वराष्ट्रपति भण्डारीको आग्रह


काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको मर्म र भावनालाई आत्मसात् गर्दै संवैधानिक प्रावधानअनुसार अगाडि बढ्नुपर्नेमा जोड दिएकी छन्।

पूर्वराष्ट्रपति भण्डारीले आज प्रेस विज्ञप्ति जारी गरी ‘जेनजी’को आन्दोलनपछि प्रधानमन्त्रीले दिएको राजीनामा स्वीकृत भइसकेको र संविधानबमोजिम गठित राष्ट्रपति एवं जननिर्वाचिन संस्थाहरू कायमै रहेको अवस्थामा आन्दोलनरत पक्षको माग र चाहनालाई समेत अभिव्यक्त गर्नेगरी संवैधानिक व्यवस्थाबमोजिम मुलुकलाई राजनीतिक निकास दिनुपर्नेमा जोड दिएकी हुन्।

उनले ‘जेनजी’ आन्दोलनमा भएको मानवीय क्षति र भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै आन्दोलनका क्रममा के कसरी हिंसात्मक गतिविधि भए भन्ने समीक्षा गर्न पनि आग्रह गरेकी छन्।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ