- असार ०६, २०८०
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले भागेर अमेरिका पुगे भनेका तत्कालीन ऊर्जामन्त्री दीपक खड्का आफ्नै जलेको घरबाटै सार्वजनिक भएका छन् ।
गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले सम्पत्ति छानबिन सुरु गरेपछि तत्कालीन ऊर्जामन्त्री खड्का भागेको दाबी गरेका थिए ।
नयाँ पत्रिका दैनिक अन्तरवार्ता दिँदै गृहमन्त्री अर्यालले भनेका थिए, ‘अहिले हामीले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई पूर्ण रूपमा सक्रिय बनाइरहेका छौँ। कसैको भागाभागसमेत भएको छ । तत्कालीन ऊर्जामन्त्री भागिसके। अरू पनि भाग्न खोज्दै छन्।’
अहिले ऊर्जामन्त्री पत्रकारहरुसँग आफ्नो बुढानीलकण्ठमा रहेको आन्दोलनकारीले जलाएको घरबाट नै अन्तरक्रिया गरिरहेका छन् ।
टिप्पणीहरू: