- असार ०७, २०८०
रौतहट । रौतहटको माधवनारायण नगरपालिका-२ मुडबलवा कि २६ वर्षीया रुबीकुमारी साहको हत्या गरी शव लुकाउन प्रयोग भएको ई-रिक्सा चालकलाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ परेका व्यक्ति गौर बजारका ई-रिक्सा चालक लक्ष्मण महरा हुन् । रुबीको हत्या गर्ने व्यक्तिले शव सुटकेसमा राखेर फाल्न लैजान महराको ई-रिक्सा ५ सयमा भाडामा लिएका थिए ।
गगापिप्रा गाउँसम्म सुटकेस लैजान हत्याराले ई-रिक्सा भाडामा लिएको प्रहरीको भनाइ छ । मुडलवा गेटनजिक पुगेपछि ई-रिक्साको चक्कामा समस्या ई-रिक्सालाई फिर्ता पठाइ सुटकेस सडकमै राखेर भागेको प्रहरीको भनाइ छ ।
पक्राउ परेका महराले सुटकेसभित्र के सामान छ भन्ने आफूलाई जानकारी नभएको बयान दिएका छन् । रुबीको हत्यारामा संलग्नकाे पहिचान भएकाे प्रहरीले जनाएकाे छ ।
टिप्पणीहरू: