- असार ०७, २०८०
काठमाडौं । मातृभूमि बचाउ अभियानका प्रमुख दुर्गा प्रसाईले काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन शाहलाई सुकुम्बासी बस्ती भत्काउने प्रयाश सफल हुन नदिने बताएका छन् ।
आइतबार बिहान मनोहराको सुकुम्बासी बस्तीमा कोणसभा गर्दै प्रसाईले बालेन र राजु पाण्डेविरुद्ध लड्न आफूले सहयोग गर्ने बताए । सुकुम्बासी बस्तीमा महानगरको डोजर आउनुभन्दा पहिले बालेनको घर भत्काउन पनि सुकुम्बासीलाई उक्साए ।
काठमाडौं सुन्दर बनाउने नाममा गरिब र सुकुमवासीलाई लेखेट्ने काम नगर्न अनुरोध गरे ।
प्रसाईले बालेनलाई जमिन्दारको छोरो भन्दै एसी रुममा बसेर दारु खाने गरेकाे आराेप समेत लगाए । उनले बालेनले गरिबलाई लखेटने काम मात्रै गरेकाे आराेप लगाए ।
बालेनको कारण काठमाडौंमा व्यापार व्यवसाय चौपट भएको र सटरहरु बन्द हुँदै गएको प्रसाईंले आराेप लगाए ।
टिप्पणीहरू: