- भदौ ०२, २०८१
काठमाडाैं । निर्देशक निश्चल बस्नेतलाई मातृशोक परेको छ। उनकी आमा अमृता बस्नेतको बुधबार उपचारका क्रममा निधन भएको हो।
७१ वर्षिया अमृता लामो समयदेखि बिरामी थिइन्। लामो समयदेखि डाइलासिस गराइरहेकी उनलाई पछिल्लो समय निमोनिया समेत भएको थियो। उनको ओम अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
परिवारका अनुसार उनको आजै अन्येष्टि गरिने भएकाे छ ।
टिप्पणीहरू: