- असार ०६, २०८०
काठमाडाैं । जेनजी आन्दाेलनपछि पहिलाे पटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भेटघाट गरेका छन् । शुक्रबार दिउसाे महाराजगन्जस्थित देउवा निवासमा छलफलका लागि ओली पुगेका थिए ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि देउवा र ओलीबीच भेटवार्ता भएको पहिलो पटक सार्वजनिक भएको हो।
जेनजी आन्दोलनका क्रममा देउवा र उनकी पत्नी आरजु राणा देउवामाथि निवासमै आक्रमण भएको थियो भने तत्कालिन प्रधानमन्त्री ओली सेनाकाे हेलिकाेप्टर चढेर बालुवाटारबाट भागेका थिए ।
टिप्पणीहरू: