शुक्रबार, १६ माघ २०८२

देउवा समुहका कार्यवाहक सभापति खड्काले आज पत्रकार सम्मेलन गर्ने


काठमाडौं । नेपाली कांग्रेस देउवा समुहका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पत्रकार सम्मेलन आयोजना गर्ने भएका छन् ।

महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्माकाे अगुवाईमा भएकाे  विशेष महाधिवेशनबाट पार्टीको अलग्गै नेतृत्व चयन भएपछि खड्काले देउवा समुहकाे आधिकारिक धारणा सार्वजनिक गर्ने बताइएको छ । दिउँसो २ बजे सानेपास्थित कांग्रेस मुख्यालयमा केन्द्रीय नेताहरूको पनि उपस्थिति हुने बताइएको छ ।

गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमिति अद्यावधिकका लागि निर्वाचन आयोगमा निवेदन दिइसकिएको छ । 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ