सोमबार, ०३ कात्तिक २०८२

जेनजी आन्दाेलनपछि देउवाले पहिलाे पटक बाेलाए पदाधिकारी बैठक


काठमाडौं । जेनजी आन्दाेलनपछि  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पहिलाे पटक  बोलाएको पार्टी पदाधिकारी बैठकआज बस्ने भएको छ । पदाधिकारी बैठक आज दिउँसो दिउँसो १ बजे  बस्ने गरी बोलाइएको हो ।

२६ असोजमा बस्ने केन्द्रीय समितिका एजेण्डाबारे बैठकमा छलफल हुने नेताहरुले बताएका छन् ।

भदौ २३ र २४ गते भएको जेनजी युवा आन्दोलनपछि देउवाले पहिलो पटक पदाधिकारीको औपचारिक बैठक बोलाएका हुन् ।  जेनजी आन्दोलनको दोस्रो दिन भदौ २४ गते देउवा र उनकी पत्नी आरजु राणा माथि बुढानीलकण्ठस्थित निवासमै कुटपिट भएको थियो ।

त्यसपछि देउवा दम्पत्ति कहाँ छन् अहिलेसम्म जानकारी गराइएकाे छैन । पार्टीभित्र देउवाले नेतृत्व छाड्नु पर्ने भन्दै हस्ताक्षर अभियान सुरु भएकाे छ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ