शुक्रबार, ०९ माघ २०८२

तराईमा बाक्लो हुस्सु र कुहिरो अझै केही दिन कायम रहने


काठमाडौँ । तराईमा लागेको बाक्लो हुस्सु र कुहिरो अझै केही दिन लम्बिने भएको छ । 

 जल तथा मौसम विज्ञान विभागले बाक्लो हुस्सु र कुहिरो अझै तीन दिन कायम रहने भएकाले आवश्यक सावधानी अपनाउन सबैमा अनुरोध गरेको छ । विभागले जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पार्नसक्ने उल्लेख गरेको छ । 
    
विभागका मौसमविद् हरिप्रसाद दाहालले आज पनि देशको तराईका धेरै ठाउँमा हुस्सु÷कुहिरो लागेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आगामी तीन दिनमा उल्लेख्य सुधार हुने सम्भावना नरहेकाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातलगायत क्षेत्रमा प्रभाव पर्ने देखिएकाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध छ

उनका अनुसार आज बिहान काठमाडौँको तापक्रम यो वर्षकै सबैभन्दा कम रेकर्ड भई ४ दशमलव ९ डिग्रीमा झरेको थियो । मौसमविद् दाहालले मुख्यगरी पानी पर्ने प्रणाली नभएको पश्चिमी वायु सक्रिय हुन नसकेकाले हुस्सु कुहिरो थप बढेको हो । 

 मौसमविद्हरुले यस्तो अवस्थामा न्यानो भएर बस्न तथा तातो खानेकुरा खान सुझाव दिएका छन् ।

 विभागले आज साँझ जारी गरेको बुलेटिनमा कोशीका तराई भू–भागमा भोलि मध्याह्नसम्म बाँकी भू–भागमा दिनभर नै हुस्सु र कुहिरो लाग्ने जानकारी गराइएको छ । 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ