शुक्रबार, ०१ साउन २०८३

प्रियंकाकाे ‘मास्टर्नी’ को प्रमोसन गीत तत्काल हटाउन माग


काठमाडौं । नायिका प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा व्यक्त गरिएकाे शब्दमा नेपाल शिक्षक महासंघले आपत्ति जनाएको छ । उक्त गीतमा प्रयोग गरिएका शब्द र भावले शिक्षक तथा शिक्षण पेसाकै अपमान गरेको भन्दै महासंघले यसको प्रशारण तत्काल रोक लगाउन समेत माग गरेकाे छ ।

महासंघको राष्ट्रिय समितिले आज एक विज्ञप्ति जारी गर्दै आगामी भदौ ५ गतेबाट प्रदर्शन हुन लागेको ‘मास्टर्नी’ को प्रमोसन गीतमा आपत्ति प्रकट गरेको हो । हालै सार्वजनिक गीतले महिला शिक्षकहरूलाई लक्षित गरी अमर्यादित शब्द र भाव प्रस्तुत गरेको ठहर महासंघको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘त्यो गीतले शिक्षक र शिक्षण पेसाको गरिमा माथि गम्भीर प्रहार गरेको छ ।’

दुर्गेश थापाकाे स्वर रहेकाे उक्त गीतमा दुईअर्थ लाग्ने केही शब्द प्रयाेग गरिएकाे छ भने शब्द उच्चारणमा अस्लिल भाव झल्किन्छ । उक्त गीतमा  प्रियंका, दुर्गेश र आयुषमान देशराजले अभिनय गरेका छन् ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ