शुक्रबार, २६ असार २०८३

प्रधानमन्त्री बालेन शाहकाे राजीनामा माग


काठमाडाैं । आफ्नै शरीरमा आगाे लगाएका गणेश नेपालीको मृत्यु भएपछि प्रधानमन्त्री बालेन शाहकाे राजीनामा माग्न सुरु भएकाे छ ।

शुक्रबार बिहानै प्रधानमन्त्री युवाहरुले प्रधानमन्त्री बालेनकाे राजीनामा माग गरेका  थिए ।

दिउसाे राष्ट्रियसभा बैठकमा पनि प्रधानमन्त्रीकाे राजीनामा माग भएकाे छ ।

राष्ट्रिय सभा सदस्य विष्णुबहादुर विश्वकर्माले प्रधानमन्त्री राष्ट्रिय सभाको शुक्रबारको बैठकको शून्य समयमा बोल्दै सरकारका कारण गणेश नेपालीले आत्मदाह गर्नुपरेको भन्दै प्रधानमन्त्रीको राजीनामा मागेका छन् ।

त्रिपुरेश्वरमा बिहीबार नगर प्रहरीसँग विवादपछि गणेशले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। गम्भीर घाइते भएका उनको शुक्रबार बिहान वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ। 

यही घटनालाई लिएर संसद् र सडकबाट सरकारको विरोध हुन थालेको छ। प्रतिनिधि सभाको बैठकमा सांसदले प्रधानमन्त्री शाहको मौनतामाथि प्रश्न गरेका छन्। 

प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले गणेश नेपाली मृत्य प्रकरणमा मौनता साँधेको भन्दै प्रधानमन्त्री शाहप्रति आक्रोश व्यक्त गरिन्।

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ