- असार ०६, २०८०
काठमाडौँ । प्रतिनिधिसभाको छैठौँं अधिवेशनको पहिलो बैठक सुरु भएको छ । संसद्को यो अधिवेशन कानुन निर्माण, जनताका आकांक्षा सम्बोधनलगायत विषयमा प्रभावकारी बन्ने अपेक्षा सभामुख देवराज घिमिरेले ब्यक्त गरे । “यो अधिवेशनमा सरकारले नीति तथा कार्यक्रम, बजेटसँगै अन्य कानुन संसद्मा पेस गर्नेछ भन्ने अपेक्षा छ ।
संसद् जनताको आवाज उठाउने थलो सँगसँगै मुलुकका लागि आवश्यक कानुन निर्माण गर्ने स्थान पनि हो”, सभामुख घिमिरेले भने,“कानुन निर्माणमा ढिलाइ हुँदा नागरिकमा देखिएका असुन्तिलाई यो अधिवेशनले चिर्न सक्ने विश्वास छ । पारदर्शीता, सामाजिक न्याय र जवाफदेहिताका लागि संसद्ले प्रभावकारी भूमिका खेल्ने छ ।”
आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्रीको कार्यभार र मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाए ।
आजको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ लाई पेस गर्नुहुने कार्यसूची छ ।
टिप्पणीहरू: