मङ्गलबार, २४ भदौ २०८२

इटहरी र रुपन्देहीमा पनि कर्फ्यु आदेश जारी


सुनसरी। इटहरी र रुपन्देहीमा पनि कर्फ्यु आदेश जारी भएकाे छ।

जेनजीको आन्दोलनलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेकाे हाे।

जिल्ला प्रशासन कार्यालय सुनसरीले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम इटहरी उपमहानगरपालिकाको केही क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेकाे हाे।

उत्तरतर्फ हलगडा नेपाली सेनाको ब्यारेक देखि पारुहाङ चोकभित्र, पूर्वतर्फ मिलन चौक देखि जुट विकासभित्र, दक्षिणतर्फ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय दक्षिण, यातायात कार्यालय, साथी पेट्रोल पम्प, पुष्पलाल चौक हुँदै बस पार्क क्षेत्रभित्र र पश्चिमतर्फ कलङ्की मोडदेखि जनता बस्तीभित्र कर्फ्यु लगाइएकाे छ।

यसैगरी जेनजीको आन्दोलनलाई मध्यनजर गर्दै रुपन्देही जिल्ला प्रशासन कार्यालयले बुटवल–भैरहवा क्षेत्रमा शान्ति सुरक्षा कायम राख्न कर्फ्यु आदेश जारी गरेको छ।

आज दिउँसो ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यु आदेश जारी गरेको हाे।

कर्फ्युको समयमा तोकिएको सीमाभित्र कुनै पनि व्यक्तिलाई आवतजावत गर्न, भेला, जुलुस, प्रदर्शन वा घेराउ गर्न पूर्ण रूपमा निषेध गरिएको छ। 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ