बिहिबार, २४ वैशाख २०८३

संवैधानिक परिषद्को बैठक सुरु, आज प्रधानन्यायधिस सिफारिस हुन सक्ने


काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले बोलाएको संवैधानिक परिषद्को बैठक सुरु भएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक सुरु भएको हो । यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले गत मंगलबार मात्रै संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेका थिए ।

नयाँ व्यवस्थाअनुसार अब संवैधानिक परिषद्को बैठक बस्न ६ जनामध्ये चार जना सदस्य उपस्थित भए गणपूरक सङ्ख्या पुग्नेछ । त्यस्तै, परिषद्ले कुनै पनि निर्णय गर्दा तीन जना सदस्यको बहुमत भएमा निर्णय गर्न सकिने कानुनी प्रावधान रहेको छ ।

संवैधानिक परिषद्को संरचनाअनुसार प्रधानमन्त्री अध्यक्ष रहने व्यवस्था छ । परिषद्का सदस्यहरूमा प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपसभामुख, विपक्षी दलको नेता र प्रधान न्यायाधीश रहनेछन् । आजकाे बैठकले प्रधानन्यायधिस सिफारिस गर्ने सम्भावना रहेकाे छ ।

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ