- असार ०६, २०८०
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली कांग्रेसले अब जनतासँग माफी माग्नुपर्ने बताएका छन्। एक भिडिओ सन्देश जारी गर्दै महामन्त्री थापाले आफ्नाे अनुहारमा दाग लागेकाले ऐना पुछेर मात्रै नहुने धारणा राखे ।
‘हाम्रो अनुहारमा दाग लागेको छ, ऐना पुछेर हुँदैन, हामीले हाम्रो दाग पुग्नुपर्छ। कांग्रेस पार्टी यस विषयमा सिंगो देशसँग माफी माग्नुपर्छ, यो घाउलाई पुर्ने हामीले कोसिस गर्नुपर्छ। भदौ २४ गते भएको क्षतिको कसैले आँकलन गर्न सक्दैनन्।’ उनले भने ।
नियतवश पार्टीसहितका सबै नेताहरूको घर जलाउनेलाई कानुनको दायरामा ल्याउनुपर्ने बताए।
उनले भनेका छन्, ‘हाम्रा कार्यालय र सम्पदा कहाँ कति क्षति छ अहिले कसैले अनुमान गर्न सक्दैन, पार्टी सभापतिदेखि लिएर सयौँ साथीहरूमाथि भौतिक आक्रमण र हाम्रा साथीहरूका घर र सम्पत्ति छानेर आगजनी र तोडफोड भएको छ, स्वाभाविक आक्रोशलाई स्वीकार गर्नुपर्छ, सहज बनाउँदै लैजानुपर्छ। तर जहाँ नियतवश भएको छ, तिनलाई कानुनको दायरामा ल्याउनुपर्छ।’
जेनजी आन्दोलनकारीले मागको सम्मान र सम्बोधन गरेर मात्रै देशअघि बढ्न सक्ने बताए।
टिप्पणीहरू: