मङ्गलबार, ०३ भदौ २०८२

कांग्रेस र एमालेकाे आकस्मिक बैठक बस्दै, उपसभामुख इन्दिरा रानालाई हटाउने तयारी


काठमाडाैँ। सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेले आकस्मिक रूपमा संसदीय दलको बैठक बोलाएका छन्।

दुवै दलले सिंहदरबारस्थित संसदीय दलकाे कार्यालयमा आफ्ना सांसदहरूलाई बाेलाएकाे हाे।

कांग्रेस र एमालेले आफ्ना सांसदहरूलाई अनिवार्य उपस्थित हुन भनेकाे छ।

एमाले साढे १० बजे र कांग्रेसले १० बजेदेखि २–३ बजेसम्म संसदीय दलको कार्यालयमा उपस्थित हुन भनेकाे बताइएकाे छ।

आकस्मिक बैठककाे कारण नखुले पनि दुई दलले उपसभामुख इन्दिरा रानामगरलाई हटाउन संसद्मा महाअभियोग प्रस्ताव लैजाने छलफल भइरहेकाले सांसदहरूलाई हस्ताक्षरका लागि बोलाइएको बुझिएकाे छ।
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ