बिहिबार, २० कात्तिक २०८२

रविलाई बयान लिन बोलाउने आयोग ओली र लेखकका हकमा मौन


काठमाडौं । जेनजी आन्दोलनमा भएको दमनबारे छानविन गर्न गठित आयोगले कारागारमा रहेका रास्वपा नेता रवि लामिछानेसँग बुधबार बयान लिएको छ । 
गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित आयोगको मुख्य काम भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएको दमनको छानविन गर्नु हो । उक्त समयमा भएको विध्वंशको समेत छानविन गरेर सरकारलाई प्रतिवेदन बुझाउनुपर्ने कार्यादेश आयोगको रहेको छ ।

२३ गते नख्खु कारागारमा भएको तोडफोड, जेल ब्रेक र रविलाई रिहाइ गर्ने पत्रका विषयमा सोधपुछ गर्न आयोगले बुधबार लामिछानेलाई कारागारबाट सिंहदरबारमा बोलाए बयान लिएको हो । 

२३ गतको घटनाको नैतिक जिम्मेवारी समेत नलिएका तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकसँग भने आयोगले सामान्य सोधपुछ समेत गरेको छैन । ओली र लेखकलाई तत्कालै पक्राउ गर्नुपर्ने माग जेनजी अगुवाले राखे पनि आयोग भने ओली र लेखकका सन्दर्भमा मौन छन् ।

ओलीको धम्की

आयोगको त्यहि निरिह पन देखेर होला एमाले अध्यक्षसमेत रहेका ओलीले सरकारद्वारा गठित जाँचबुझ आयोगलाई नमान्ने र आफू बयान दिनसमेत नजाने बताइरहेका छन् ।

गौरीबहादुर कार्कीको निष्पक्षतामाथि प्रश्न उठाउदै ओलीले अन्य व्यक्तिको अध्यक्षतामा छानबिन आयोग बनाउनु पर्ने माग गरिरहेका छन् ।
आयोगले भदौ २३ र २४ को घटनाको जाँचबुझ गरिरहेको छ भने प्रहरीले हालसम्म ३७२ जनालाई पक्राउ गरेर १४१ वटा मुद्दा दर्ता गरेको छ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ