बिहिबार, २१ जेठ २०८३
उत्तर कोरियाको रहस्य : किम जोङ उन किन आफ्नी आमाको बारेमा कहिल्यै कुरा गर्दैनन्

उत्तर कोरियाली नेता किम जोङ उनको वरिपरि रहेका रहस्यहरू मध्ये, उनकी आमाको वरिपरिको गोप्यता स्पष्ट देखिन्छ।



रविलाई बयान लिन बोलाउने आयोग ओली र लेखकका हकमा मौन
बिहिबार, २१ जेठ २०८३

रविलाई बयान लिन बोलाउने आयोग ओली र लेखकका हकमा मौन


काठमाडौं । जेनजी आन्दोलनमा भएको दमनबारे छानविन गर्न गठित आयोगले कारागारमा रहेका रास्वपा नेता रवि लामिछानेसँग बुधबार बयान लिएको छ । 
गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित आयोगको मुख्य काम भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएको दमनको छानविन गर्नु हो । उक्त समयमा भएको विध्वंशको समेत छानविन गरेर सरकारलाई प्रतिवेदन बुझाउनुपर्ने कार्यादेश आयोगको रहेको छ ।

२३ गते नख्खु कारागारमा भएको तोडफोड, जेल ब्रेक र रविलाई रिहाइ गर्ने पत्रका विषयमा सोधपुछ गर्न आयोगले बुधबार लामिछानेलाई कारागारबाट सिंहदरबारमा बोलाए बयान लिएको हो । 

२३ गतको घटनाको नैतिक जिम्मेवारी समेत नलिएका तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकसँग भने आयोगले सामान्य सोधपुछ समेत गरेको छैन । ओली र लेखकलाई तत्कालै पक्राउ गर्नुपर्ने माग जेनजी अगुवाले राखे पनि आयोग भने ओली र लेखकका सन्दर्भमा मौन छन् ।

ओलीको धम्की

आयोगको त्यहि निरिह पन देखेर होला एमाले अध्यक्षसमेत रहेका ओलीले सरकारद्वारा गठित जाँचबुझ आयोगलाई नमान्ने र आफू बयान दिनसमेत नजाने बताइरहेका छन् ।

गौरीबहादुर कार्कीको निष्पक्षतामाथि प्रश्न उठाउदै ओलीले अन्य व्यक्तिको अध्यक्षतामा छानबिन आयोग बनाउनु पर्ने माग गरिरहेका छन् ।
आयोगले भदौ २३ र २४ को घटनाको जाँचबुझ गरिरहेको छ भने प्रहरीले हालसम्म ३७२ जनालाई पक्राउ गरेर १४१ वटा मुद्दा दर्ता गरेको छ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ