शुक्रबार, ०९ माघ २०८२

ओलीलाई बयानका लागि पत्र काट्ने तयारीमा आयाेग


काठमाडाैं ।  जेनजी आन्दोलनका घटना जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानमा बोलाउने क्रममा रहेको बताएका छन्। 

बिहीबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष कार्कीले ओलीलाई बयानका लागि बाेलाउने तयारीमा आयाेग रहेकाे जानकारी दिए ।

जाँचबुझ आयोगले पूर्व गृहमन्त्री रमेश लेखकसहित अन्य सरोकारवाला व्यक्तिसँग सोधपुछ र बयान लिइसकेको छ। 

ओलीले जाँचबुझ आयोग अवैधानिक भएकाे भन्दै बयान नदिने धारणा राखेका छन् ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ