मङ्गलबार, २४ भदौ २०८२

संसद् भवन अगाडि जेनजी र प्रहरीबीच झडप


काठमाडौं । सरकारले सञ्जालमाथि लगाएको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध जेनजीले नेतृत्व गरेको प्रदर्शनमा प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ ।

निषेधाज्ञा तोडेर नयाँबानेश्वरको संसद भवनतर्फ अगाडि बढ्न खोजेपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेको हो ।

माइतीघरबाट अघि बढेको प्रदर्शन प्रहरीको ब्यारिकेड तोड्दै नयाँबानेश्वरसम्म पुगेको छ ।

 माइतीघरबाट अघि बढेका प्रदर्शनकारी पनि संसद भवन अगाडि पुगेका छन् ।

विद्यार्थीहरु स्कुल कलेज ड्रेसमै प्रदर्शनीमा सहभागी भएका छन् । प्रदर्शनकारी थपिनेक्रम जारी छ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ