मङ्गलबार, १२ साउन २०८३

रूस, युक्रेन आक्रमण जारी सर्वसाधरण घाइते


किएभ । रूसी आक्रमणले सुमी र जापोरिजिया क्षेत्रमा आक्रमण यरी सर्वसाधारणलाई घाइते बनाएको युक्रेनी अधिकारीहरूले बताएका छन् । उनीहरुका अनुसार मस्कोले सीमापार आक्रमणको पछिल्लो लहरमा युक्रेनी लडाकू समूह र ड्रोन कमान्ड केन्द्रहरू नष्ट गरेको बताएको छ ।

युक्रेनको राष्ट्रिय समाचार एजेन्सी युक्रेनफर्मले रूसी सेनाले उत्तरपूर्वी सुमी क्षेत्रमा निर्देशित बम खसाल्दा धेरै मानिस घाइते हुनुका साथै नागरिक पूर्वाधारलाई क्षति पुर्याएको बताएको छ । दक्षिणपूर्वी जापोरिझिया क्षेत्रमा रूसी सेनाले एक हजार १०७ वटा आक्रमण गरे पछि १४ जना घाइते भएको अधिकारीहरूले बताएका छन् ।

रूसको रक्षा मन्त्रालयले सुमि र खार्किव क्षेत्रमा युक्रेनी लडाकु समूहहरूलाई नष्ट गरेको र सुमि क्षेत्रमा युक्रेनी आक्रमणको प्रतिक्रियामा पाँच युक्रेनी ड्रोन कमान्ड सेन्टरहरूमा आक्रमण गरेको बताएको छ ।

रूसका राजदूत–एट–लार्ज रोडियोन मिरोसनिकले गत हप्तामा रूसी क्षेत्रमा युक्रेनी आक्रमणमा ५७ जनाको मृत्यु हुनुका साथै ४३५ जना घाइते भएको बताएका छन् ।

दुवै पक्षले रातारात ठुलो सङ्ख्यामा ड्रोनहरू रोकेको बताएका छन् । रूसको वायु रक्षा एकाइहरूले ३५६ वटा युक्रेनी ड्रोनहरू खसालिएको बताएको छ भने युक्रेनको वायु सेनाले रूसले प्रक्षेपण गरेको १३१ वटा ड्रोनहरू मध्ये १०७ वटा लाई रोकेको बताएको छ ।

 पछिल्लो समयमा रूस र युक्रेनले  ऊर्जा पूर्वाधार, सैन्य सुविधाहरू र अन्य रणनीतिक साइटहरूलाई बारम्बार लक्षित गर्दै लामो दूरीको ड्रोन र मिसाइल आक्रमणहरू बढाएको जनाइएको छ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ