आइतबार, २३ कात्तिक २०८२

सिआइबी सक्रिय, आर्थिक अपचलनमा संलग्नहरु पक्राउ पर्दै जाने


काठमाडौं । दरबारमार्गस्थित नेपाल ट्रष्टको जमिन अनियमित तवरले लिज (भाडा) मा दिइएको आरोपमा शनिबार पूर्वसहसचिव लेखबहादुर कार्कीलाई पक्राउ गरेपछि प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) उक्त प्रकरणसहित अन्य अनियमिततामाथि पनि गहिरो अनुसन्धानमा जुटेको छ ।

शनिबार पक्राउ परेका पूर्वसहसचिव कार्कीलाई आज काठमाडौं जिल्ला अदालतमा म्याद थपका लागि लगिने भएको छ । उक्त जमिनको लिज प्रकरणको निर्णय प्रक्रियासँग सम्बन्धित अन्य व्यक्ति माथि सोधपुछ र अनुसन्धानको कार्य आजैबाट शुरू हुने सिआईबी सिआइबी स्रोतले जनाएको छ ।

दरबारमार्ग जग्गा प्रकरणसँग सम्बन्धित प्रमाण संकलन तथा अन्य निर्णयकर्ता पहिचानको काम भने आजैदेखि शुरू हुने भएको छ ।  सिआईबीमा दर्ता भएका तर, पूर्ववर्ती सरकारमा भएका केही व्यक्तिका कारण रोकिएका अनुसन्धान अघि बढेको छ । 
सिआइबी प्रमुख डा.मनोज केसीले एसएसपी दर्जमा हुँदा नक्कली भुटानी शरणार्थी प्रकरणको शुरूवाती अनुसन्धान गरेका थिए । त्यसबेला उनी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख थिए । उक्त अनुसन्धानका क्रममा उच्चपदस्थ व्यक्ति कारवाहीको दायरामा आउने भएपछि उनको तत्कालिन ओली सरकारले उनको सरुवा गरेको थियो । सुशीला कार्की नेतृत्वको सरकारले भ्रष्टाचार नियन्त्रणका लागि रोकिएका फाइन अध्ययन गर्ने बाटो खुलाइदिएपछि अहिलृ सिआइबी सक्रिय भएको हो ।
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ