मङ्गलबार, ०८ वैशाख २०८३

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्ष र सदस्य नियुक्त


काठमाडौँ । नेपाल सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्य तथा सदस्यमा नवराज सिम्खडा र रोशन शाक्यलाई नियुक्ति गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो

त्यस्तै प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेस गर्न दिने निर्णय पनि बैठकले गरेको छ । बैठकले मतदाता नामावली ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयक संसद्मा पेस गर्न स्वीकृति पनि दिएको छ । 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ