- असार ०७, २०८०
काठमाडाैँ। पत्रकार दिलभूषण पाठकविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले पाठकविरुद्ध साइबर अपराध गरेको आरोपमा सोमबार अदालतमा मुद्दा दायर गरेको हो।
पाठकले ‘टफ टक विथ दिलभूषण पाठक’ नामकाे युट्युब च्यानलमार्फत कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवाले नक्सालस्थित हिल्टन होटल खरिद गरेको भनेर सामग्री प्रसारण गरेका थिए। त्यसबारे उनीविरुद्ध साइबर अपराध गरेको उजुरी परेको थियाे।
त्यसपछि काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियाे। तर उच्च अदालतले पक्राउ नगर्नु भनी आदेश गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको थिएन। पाठकविरुद्ध पक्राउबिनै मुद्दा दर्ता भएकाे हो।
टिप्पणीहरू: