बिहिबार, २१ जेठ २०८३
उत्तर कोरियाको रहस्य : किम जोङ उन किन आफ्नी आमाको बारेमा कहिल्यै कुरा गर्दैनन्

उत्तर कोरियाली नेता किम जोङ उनको वरिपरि रहेका रहस्यहरू मध्ये, उनकी आमाको वरिपरिको गोप्यता स्पष्ट देखिन्छ।



पोखरा विमानस्थल भ्रष्टाचारमा पूर्वसचिव अधिकारीसहित २१ जनाविरुद्ध मुद्दा दायर
शनिबार, २३ जेठ २०८३

पोखरा विमानस्थल भ्रष्टाचारमा पूर्वसचिव अधिकारीसहित २१ जनाविरुद्ध मुद्दा दायर


काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको भ्रष्टाचार प्रक्रणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसचिव केदारबहादुर अधिकारीसहित २१ जना र ठेकेदार कम्पनीविरुद्ध मुद्दा दायर गरेको छ । 

अख्तियारले तत्कालीन सचिव केदारबहादुर अधिकारी, क्यानका ३ जना पूर्वमहानिर्देशकहरू सञ्जीव गौतम, राजन पोखरेल र प्रदीप अधिकारीविरुद्ध अदालतमा मुद्दा दायर गरेको हो ।

प्राधिकरणका अन्य वरिष्ठ इन्जिनियरहरू, लेखा अधिकृतहरू र ठेकेदार कम्पनी चाइन सिएएमसी इन्जिनियरिङ तथा परामर्शदाता कम्पनीका प्रतिनिधिलाई पनि प्रतिवादी बनाइएको छ ।

अख्तियारले करिब ४६ करोड १५ लाख ८४ हजार ४३४ रूपैयाँ बिगो दाबी गरिएको छ।

पोखरा विमानस्थलको निर्माण सम्पन्न भएर सञ्चालनमा आएको लामो समयसम्म पनि अन्तर्राष्ट्रिय उडान नियमित हुन सकेकाे छैन ।

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ