- असार ०६, २०८०
काठमाडाैं । काठमाडाैंका सुकुम्वासी बस्तीमा डाेजर चलेपछि अन्य स्थानमा पनि अतिक्रमित जमिन खाली गराउने अभियान सुरु भएकाे छ । उच्च अदालत बुटवलको अतिक्रमित सरकारी जग्गामा डोजर चलाउन सुरु भएकाे छ ।
बुटवल उपमहानगरपालिकाले अदालतको अनुरोधमा बुटवल–४ जेसिज चोक उत्तरतर्फको अतिक्रमित जग्गा खाली गराउने तयारी अघि बढाएको हो।
अहिले व्यवसायी र संरचना बनाएकाहरू बिहानैदेखी सामान सार्न व्यस्त देखिएका छन्।
उक्त जग्गामा वर्षौंदेखि घरटहरा, पसल तथा विभिन्न संघसंस्थाका भवन रहेका छन्। उपमहानगरपालिकाले चाँडै सूचना निकालेर हटाउने अभियान सुरु गर्न सक्ने जनाएको छ।
टिप्पणीहरू: