- असार ०६, २०८०
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले व्यवसायीको मनोबल पछिल्लो ३६ वर्षयताकै सबैभन्दा कमजोर बिन्दुमा पुगेको बताएका छन् । मंगलबार नाडा अटो शोमा बोल्दै अध्यक्ष श्रेष्ठले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै उनले देशको अर्थतन्त्र चुनौतीपूर्ण घडीमा छ भन्दै निजी क्षेत्रले शिथिल बजारकाे चुनाैति भाेगिरहेकाे बताए । 'कमजोर मानसिकता र चुनौतीपूर्ण व्यापार व्यवसाय । झन्डै ३६ वर्षको मेरो व्यावसायिक यात्रामा व्यवसायीहरूको यति कमजोर मनोबल कहिल्यै देखेको थिइनँ ।’ उनले भने ।
नयाँ सरकार आएपछि अर्थतन्त्रलाई अगाडि बढाउँछु भनेर प्रतिबद्धताहरू व्यक्त गरेको जानकारी पाएकाे बताउदै उनले पाँचदेखि सात वर्षमा ३ हजार डलरको प्रतिव्यक्ति आय, १०० खर्बको अर्थतन्त्र र १२ लाखलाई रोजगारी दिने घोषणा बजेट मार्फत गरेको छ भन्दै ती कामहरू अगाडि बढाउन के कस्ता रणनीतिहरू कार्यान्वयन गरिरहेको छ त्यसबारे केही जानकारी नभएको उनले गुनासो गरे ।
अहिले नेपालको अर्थतन्त्रलाई रिइन्जिनियरिङ गर्नुपर्ने अवस्था देखिएको र त्यसतर्फ सबै एक भएर लाग्नुपर्ने अध्यक्ष श्रेष्ठकाे भनाई थियाे।
सरकारले २०/३० वर्षदेखि बन्द भएको सरकारी उद्योग सञ्चालन गर्ने तयारी गरेकाे तर निजी क्षेत्रले सञ्चालन गरेको उद्योगबारे ध्यानै नदिएको आराेप लगाए । सरकारले निजी क्षेत्रले सञ्चालन गरेको उद्योगतिर पनि ध्यान दिनुपर्ने र उनीहरूको अवस्थाबारे पनि बुझ्न जरुरी रहेको उनले बताए ।
टिप्पणीहरू: