- असार ०७, २०८०
सांकेतिक तस्बिर
काठमाडाैँ। कास्कीकाे पोखरा महानगरपालिका-१५ मा एक युवकको शव फेला परेकाे छ।
वन विज्ञान अध्यन संस्थान नजिकैकाे बीच सडकमा रगताम्मे अवस्थामा युवकको शव भेटिएकाे जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएकाे छ।
शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। युवकको शरीर र अनुहारमा चोट लागेकोले हत्याको आशंका गरिएको छ।
प्रहरीका अनुसार घटनास्थलमा हथौडा भेटिएको छ। शवको सनाखत भने हुन बाँकी रहेकाे प्रहरीले जनाएकाे छ।
टिप्पणीहरू: