आइतबार, ०९ कात्तिक २०८२

पर्वतकाे लाङ्दी पहिरोमा पुरिएका दम्पतीको शव भेटियो


पर्वत। मोदी गाउँपालिका–३ देउरालीको लाङ्दी पहिरोमा पुरिएका दम्पतीको शव भेटिएको छ।

छविलाल विश्वकर्मा र उनकी ७६ वर्षीया श्रीमती विष्णुमतीको शव भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। गएरातिको पहिरोमा विक दम्पती परेका हुन्।

गएराति देखि पर्वतलगायत आसपासका क्षेत्रमा निरन्तर वर्षा भइरहेको छ। यस क्षेत्रका मोदी, पाती, सेती, मल्याङ्दी, लमाए खोला र कालीगण्डकी जलसतह बढेको छ । स्थानीय प्रशासनले नदी तथा खोला किनारका बासिन्दालाई सचेत रहन आग्रह गरेको छ। 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ