- असार ०६, २०८०
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव, माओवादी केन्द्र त्यागेका जनार्दन शर्मा र नेकपा एकीकृत समाजवादी पार्टीका पूर्वमहासचिव घनश्याम भुसालबीच राजनीतिक सहकार्य गर्ने सहमति भएकाे छ।
शुक्रबार बिहान ललितपुरको हरिसिद्धीस्थित विप्लव निवासमा तीन नेताबीच भएको छलफलमा राजनीतिक सहकार्य गर्ने सहमति भएकाे हाे।
उनीहरूबीच पछिल्लो राजनीतिक परिस्थिति र कम्युनिष्ट पार्टीहरूबीच सहकार्य गर्नेलगायतका विषयमा छलफल भएकाे भुसालले जानकारी दिए।
माओवादी केन्द्र, एकीकृत समाजवादीसहितका १० वामपन्थी पार्टीबीच भएको एकताप्रति शर्मा र भुसाल असन्तुष्ट छन्।
माओवादी त्यागेर शर्माले प्रगतिशील राष्ट्रिय अभियान घोषणा गरेका छन् भने भुसाल पार्टी पुनर्गठनको अभियान चलाउने प्रयासमा छन्। यसै क्रममा उनीहरूले विभिन्न पार्टी र नेताहरूसँग छलफल गरिरहेका छन्।
टिप्पणीहरू: