- मंसिर १०, २०८२
दाङ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दाङ निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायम राखेको छ ।
घोराहीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्म ११ हजार ६०९ मतगणना हुँदा रास्वपाका विपीन आचार्यले पाँच हजार ९७४ मत प्राप्त गरेका छन् । त्यसैगरी, नेकपा (एमाले)का शङ्कर पोख्रेलले घिमिरेलाई पछ्याउदै दुई हजार ४९४ मत र नेपाली कांग्रेसका किरणकिशोर घिमिरेले एक हजार ६०० मत प्राप्त गरेका छन् ।
दाङ निर्वाचन क्षेत्र नं २ मा कुल मतदाता एक लाख ४० हजार ९६५ रहेकामा ८२ हजार ६२६ मत खसेको थियो । सो निर्वाचन क्षेत्रमा दलका र स्वतन्त्र गरी २३ जना उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्छ ।
टिप्पणीहरू: