बुधबार, १० भदौ २०८३

भोटेकोशी बाढी : बाह्र जलविद्युतगृहमा क्षति


काठमाडौँ । भोटेकोशीमा गएको बाढीका कारण १२ जलविद्युत्गृहमा क्षति पुगेको छ । नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले भोटेकोशीमा गएको बाढीका कारण छ वटा जलविद्युत् र एक सोलार गृहमा प्रत्यक्ष  क्षति पुगेको र बाँकी जलविद्युत्गृहबाट उत्पादित विद्युत् राष्ट्रिय प्रणालीबाट विच्छेद भएका छन् ।

प्रवक्ता ढकालका अनुसार अनुसार १११ मेगावाटको रसुवागढी, ७८ मेगावाटको सलासुङ्गी (सान्जेन), १४.८ मेगावाटको अपर साञ्जेन, ४२.५ मेगावाटको सान्जेन, २२ मेगावाटको चिलिमे, २० मेगावाटको लाङटाङ, ६० मेगावाटको अपर त्रिशूली थ्री ए, १४.८ मेगावाटको अपर मैलुङ, ५ मेगावाटको मैलुङ, २४ मेगावाटको त्रिशूली, १४ मेगावाटको देवीघाट र २५ मेगावाटको सोलार प्रणालीमा प्रत्यक्ष क्षति पुगेको छ । 

एघार जलविद्युत्गृह र एक सोलारगृहमा क्षति पुग्दा ४३१.१ मेगावाट विद्युत् राष्ट्रिय प्रणालीबाट विच्छेद भएको प्रवक्ता ढकालले बताउनुभयो । उक्त बाढीले राष्ट्रिय प्रसारण लाइनमा समेत क्षति पुर्‍याएको छ । 
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ