सोमबार, २४ कात्तिक २०८२

प्रचण्ड-माधवसँग भीम रावलकाे एकता हुने


काठमाडौं । मातृभूमि जागरण अभियान, नेपालका संयोजक भीम रावलकाे प्रचण्ड- माधव नेपालसँग कार्यगत एकता हुने भएकाे छ ।

भरखरै गठन भएकाे  नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा रावल समाहित हुने भएका छन् ।

आगामी बुधबार काठमाडौंको राष्ट्रिय सभा गृहमा कार्यक्रमका आयाेजना गरेर रावल पार्टीमा समाहित भएकाे जानकारी दिने तयारी भएकाे छ ।

एमालेबाट निष्कासनमा परेका नेता रावलले मातृभूमि जागरण अभियान सञ्चालन गरेका थिए ।

आइतबार नेकपाका नेताहरूसँग रावलले वार्ता भएकाे र वार्ता सकारात्मक भएकाे छलफलमा सहभागी नेताहरूले बताएका छन् ।

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ