शुक्रबार, ०९ माघ २०८२

भरतपुर महानगरकी मेयर रेणु दाहालले दिइन् राजीनामा


चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आज राजीनामा दिएकी छिन् । उनले उपप्रमुख चित्रसेन अधिकारीलाई राजीनामा पत्र बुझाएका हुन् ।

 दाहालले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिनका लागि महानगर प्रमुखको पदबाट राजीनामा दिएका हुन् । नेपाली कम्युनिष्ट पार्टीबाट चितवन क्षेत्र नं ३ को उम्मेदवार बन्न लागेकी दाहालले कार्यपालिकाको बैठक पछि आफ्नो दोस्रो कार्यकालमा हालसम्म सहयोग गर्ने सबैलाई धन्यवाद दिइन् ।

दाहालको राजीनामासँगै उपप्रमुख चित्रसेन अधिकारी कार्यवाहक प्रमुख बनेका छन् । अधिकारीले दाहालको नेतृत्वमा सम्पन्न गर्न बाँकी कामलाई प्रथामिकता दिने बताए 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ