- असार ०७, २०८०
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका नगरप्रमुख बालेन्द्र शाहले काठमाडौँको नक्साल गैरीधारास्थित मिथिला थाली परिसरमा रहेको जनकपुर फिस हाउसमा पुगेर जनकपुरे माछाको स्वाद लिएका छन् ।
प्रमुख शाहले मास्टरसेफ सन्तोष शाह र उनका दाजु दिलीप शाहद्वारा सञ्चालित जनकपुर फिस हाउसमा शनिबार साँझ माछाका परिकारको स्वाद लिएका हुन् ।
“यहाँ तयार पारिएका परिकारले तराईमा माछा खाएको स्मरण गरायो । काठमाडौँमा पनि जनकपुरे माछाको परिकार खान पाउँदा खुसी लागेको छ”, प्रमुख शाहले भने । उहाँ पत्नी सबिना काफ्लेसँग मिथिला थाली पुगेका थिए ।
मास्टर सेफ शाह काठमाडौँ महानगरका फूड सेफ्टीका कन्सलट्यान्ट पनि हुन् । उनले काठमाडौँको गैरीधारा, झम्सिखेल र गौशालामा मिथिला थाली रेष्टुरेन्ट तथा गैरीधारामा जनकपुर फिस हाउस सञ्चालन गरेका छन् । साथै उनले जनकपुरमा आवासको सुविधासहित मिथिला थाली सञ्चालन गरिरहेका छन् ।
पछिल्लो समय जनकपुरे माछाका विभिन्न परिकारका लागि मानिसहरू गैरीधारास्थित जनकपुर फिस हाउसमा पुग्ने गरेका छन् । जनकपुरमा पाइने माछाका परिकार काठमाडौँबासीलाई चखाउने उद्देश्यले शाहद्वयले जनकपुर फिस हाउस सञ्चालनमा ल्याउनुभएको हो ।
टिप्पणीहरू: