- असार ०६, २०८०
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रस्तावित अन्तरिम सरकार प्रमुख सुशीला कार्कीलाई समर्थन गरेका छन् ।
पूर्वप्रधानन्यायाधीश कार्कीलाई अन्तरिम सरकारको रुपमा जेनजी युवाबाट सिफारिस हुनु अत्यन्त सकारात्मक भएकाे डा. भट्टराईको भनाइ छ ।
डा. भट्टराईले आज बिहान विज्ञप्ति जारी गरेर कार्कीप्रति समर्थन जनाएका हुन् ।
अब कार्कीलाई संविधानको जगमा टेकेर संविधानका पालनकर्ता र संरक्षक राष्ट्रपतिले विधिवत शपथ ग्रहण गराएर अहिलेको अन्योल र आशंका छिटोभन्दा छिटो अन्त्य गरिनुपर्ने भट्टराईको भनाइ छ । त्यसको उपयुक्त संविधानसम्मत र लोकतान्त्रिक विधि के हुनसक्छ संविधानविदहरु र जानकारहरुको सल्लाहमा निर्णय गर्न उपयुक्त हुने भट्टराईले बताएका छन् ।
टिप्पणीहरू: