- भदौ १२, २०८१
काठमाडाैं । लाङटाङ सद्भावना दूतसमेत रहेका लेखक तथा पत्रकार अशोक सिलवाल गाउँ पर्यटन दूत नियुक्त भएका छन् । गाउँ पर्यटन प्रवर्धन मञ्च (भिटोफ) नेपालले सिलवाललाई 'गाउँ' सद्भावना दूत नियुक्त गरेको हाे ।
पत्रकारिता, लेखन र पर्यटनमा उत्तिकै सक्रिय सिलवाल यसअघि साे संस्थाका सल्लाहकार थिए । एभरेस्ट: एन अनफिनिस्ड स्टाेरी, अप्प दीपाे भव:, ‘श्रीलंका स्मृति’ लगायतका लेखक सिलवाल वृत्तचित्र निर्देशक पनि हुन् ।
पछिल्लाे समय सिलवाल हिमालयदेखि महासागरसम्मकाे नेपाल किताब यात्रामा छन् ।
संसार शीर सगरमाथा आधारित भए पनि भुँईतिर फर्किएकाे गन्तव्यभन्दा यात्रा महत्वपुर्ण हाे भन्ने 'एभरेस्ट: एन अनफिनिस्ड स्टाेरी', आत्मरुपान्तरणकाे कथा बाेल्ने 'अप्प दीपाे भव:' र महासागरमा हिमालय अनुभुति गर्दै प्रकृतिकाे एकरुपता प्रकट गर्ने ‘श्रीलंका स्मृति’ समेटिएकाे 'एचटुओ' नेपाल किताब यात्रा देशकाे सतहत्तरै जिल्ला पुग्दैछ ।
यसअघि उनले पशुपतिनाथदेखि मायादेवी मन्दिरसम्म अप्प दीपाे भव: यात्रा गरेका थिए ।
टिप्पणीहरू: