मङ्गलबार, ०३ भदौ २०८२

अनिल झाले छाडे लोसपा


काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता अनिलकुमार झाले पार्टी छाडेका छन्।

झाले पार्टीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिएका हुन्।

उनले एक महिनाअघि नै राजीनामा दिएकाे र उक्त राजीनामा अध्यक्ष महन्थ ठाकुरले स्वीकृत गरिसकेको बताइएकाे छ।

झा पछिल्लो समय लोसपामा निस्क्रिय रहेका थिए। अब कसरी अघि बढ्ने भन्ने विषयमा झाले आन्तरिक छलफल गरिरहेको बताइएको छ। 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ