मङ्गलबार, ०९ असार २०८३

शिक्षा, स्वास्थ्य तथा विद्युतमा सरकारले लगाएको कर हटाउन आजपा मधेश प्रदेश कमिटीको माग


वीरगंज। आम जनता पार्टी (आजपा) मधेस प्रदेश कमिटीले सरकारले शिक्षा, स्वास्थ्य, विद्युत सेवामा लगाएको अनावश्यक कर हटाउन माग गरेको छ । आम जनताले प्राप्त गर्ने आधारभुत सेवाहरुलाई अझ सहज र सुलभ बनाउनुको साटो सरकारले शिक्षा, स्वास्थय तथा विद्युतमा कर लगाउने काम गरेर उल्टो बाटोमा हिडन खोजेको छ । 

आजपा मधेस प्रदेश कमिटीको बसेको बैठकले निर्वाचनको समिक्षा सहित आफ्ना सम्पुर्ण कमिटीहरु पुनर्गठन गर्ने निर्णय गरेको छ । आजपा मधेस प्रदेश कमिटीका अध्यक्ष उमेश कुशवाहाका अनुसार प्रदेश कमिटीमा रहेका सम्पुर्ण पदाधिकारी एवं सदस्यलाई पालिका, वडामा परिचालन गर्दै आजपाको सम्पुर्ण कमिटीहरु पुनर्गठन गर्ने निर्णय भएको छ । 

१० असारदेखी मधेस प्रदेशका सम्पुर्ण वडाहरुमा वडा भेला तथा विस्तारित बैठक गर्ने निर्णय भएको छ । २० असारमा गाउँपालिका भेला तथा विस्तारित बैठक गर्ने, २५ असारमा नगरपालिका भेला तथा विस्तारित बैठक गर्ने, २७ असारमा उपमहानगरपालिका भेला तथा विस्तारित बैठक र ३० असारमा महानगरपालिकाको भेला तथा बिस्तारित बैठक गर्ने निर्णय भएको छ । 

पार्टीको नियमित बैठक, भेलाका साथै जनसंगठनहरुको पनि वैठक र भेला गर्ने निर्णय आजपाले गरेको छ । यसका साथै आजपाले उठाउदै आएको जनपक्षीय मुद्धाहरुलाई सम्बोधन गराउन सरकार समक्ष निरन्तर पहल गर्ने र नयाँ सरकारलाई गुण र दोषको आधारमा समर्थन वा विरोध गर्ने निर्णय वैठकले गरेको छ । 

आजपाले घोषणा गरेको संघर्ष र आन्दोलनलाई निरन्तरता दिने, राष्ट्रियता जोगाउँन, अर्थतन्त्र बचाउन र लोकतन्त्रलाई सुदृढ गर्दै सामाजिक न्याय स्थापित गर्न पार्टीले उठाएको मुद्धालाई जनताका बीचमा लिएर जाने निर्णय बैठकले गरेको छ । 

यसैगरी बैठकले दिलिपकुमार साह, उपेन्द्र जयसवालको नेतृत्वमा पार्टीको लेबि व्यवस्थापन समिति गठन गर्दै प्रदेश कमिटीका सदस्यबाट मासिक लेबि एक सय उठाउने निर्णय गरेको छ । श्रीभगवान पटेल र राधेश्याम साहको नेतृत्वमा मधेश प्रदेश संगठन विभाग गठन गरिएको छ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ