आइतबार, २५ जेठ २०८२

द्वन्द्वकालीन मुद्दामा सर्वोच्चको आदेशबारे अग्नि सापकाेटा- पूर्णपाठ आएपछि मात्रै धारणा बनाउँछाैँ


काठमाडाैँ। नेकपा (माओवादी केन्द्र)ले उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकाेटाविरुद्धको मुद्दामा सर्वोच्च अदालतको आदेशको पूर्णपाठ आएपछि मात्रै धारणा बनाउने बताएकाे छ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासमा आज बसेको पदाधिकारी बैठकपछि प्रवक्ता सापकाेटाले द्वन्द्वकालीन मुद्दालाई लिएर सर्वोच्चबाट आएको आदेशका बारेमा अहिले टिप्पणी गर्ने समय नभएको बताए।

उनले अदालती आदेशको कुनै अंशमा वा अपूर्ण विषयमा टिप्पणी गर्नु परिपक्वता नदेखिने धारणा राखे।

‘लिखित आदेश आएको छैन, आफ्नै ढङ्गबाट प्रचारप्रसार र व्याख्या गरिएको छ, यसका बारेमा अहिले नै छलफल गर्नुपर्ने र धारणा बनाउनुपर्ने अवस्था होइन, पूर्णपाठ आइसकेपछि मात्रै भन्न सकिन्छ। अदालती आदेशको कुनै अंशमा वा अपूर्ण विषयमा टिप्पणी गर्नु परिपक्वता देखिँदैन’, प्रवक्ता सापकाेटाले भने।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ