शुक्रबार, ०९ माघ २०८२

आरजुले टिकट नपाएपछि देउवाले भने- त्यसाे भए म पनि चुनाव लड्दिनँ


काठमाडौँ । पूर्वप्रधामन्त्री शेरबहादुर देउवा आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने भएका छन् ।

विसं २०४८ देखि हालसम्मका सबै निर्वाचनमा डडेलधुराबाट निर्वाचित हुँदै आएका उनी यसपटक भने उम्मेदवार नहुने उनको सचिवालयले जनाएको छ ।

देउवा यसपाली अन्तिम पटक उम्मेदवार हुने याेजनामा थिए । विषेश महाधिवेशन मार्फत गगन थापा सभापतिमा निर्वाचित भएपछि टिकटकै विषयमा देउवाका प्रतिनिधी र थापाका प्रतिनिधी छलफलमा थिए ।

मंगलबार दिउसाे भएकाे छलफलमा देउवाका प्रतिनिधीले डा. आरजु राणा, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की र माेहन बहादुर बस्नेतलाई टिकट दिनु पर्ने माग राखेका थिए । तर, सभापति थापाका प्रतिनिधीले कुनै पनि काण्डहरुमा जाेडिएकालाई टिकट नदिने अडान राखेका थिए । 'यी चार जनाले टिकट नपाउने पक्का भएपछि देउवाले अन्तिममा चुनाव नलड्ने निर्णय गर्नु भएकाे हाे ।' स्राेतले भन्याे ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि आज प्रत्यक्षतर्फ मुलुकभर मनोनयन दर्ता हुँदैछ ।

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ