शुक्रबार, ०८ साउन २०८३

२१ हजार रुपैयाँ घुससहित लेखा अधिकृत पक्राउ


काठमाडाैं । लेखा अधिकृत २१ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिका-३० का लेखा अधिकृत उद्वब भट्टराईलाई पक्राउ गरेको प्रवक्ता सुरेश न्यौपानेले  जानकारी दिए।

उनकाअनुसार भट्टराईले स्थायी लेखा नम्बर बन्द गर्नका लागि वडा कार्यालयबाट दिनुपर्ने सिफारिसको लागि दु:ख हैरानी दिएर सेवाग्राहीसँग घुस मागेको आरोप छ।

घुस मागेको सूचनापछि खटिएको टोलीले उनलाई सेवाग्राहीबाट २१ हजार लिइसकेको अवस्थामा पक्राउ गरेको हो।

उनीमाथि अख्तियारले थप अनुसन्धान अघि बढाएको छ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ